Saturday, May 9

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलायाे

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ।

शुक्रबार महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार-पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

Advertisement

उनकाअनुसार चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको हो।

‘अहिले अतिक्रमित चार-पाँच वटा घरहरूमा डोजर चलाएका छौं,’ उनले भने, ‘अझै अन्य घरहरूमा पनि चलाइने छ।’

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो। तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ।

डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।