Monday, April 20

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने

नेपाल अखबार, स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ ।
भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो ।
गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *