Friday, July 10

कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा पूर्वअसई पक्राउ

नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाल प्रहरीका पूर्व असई पक्राउ परेका छन्।

Advertisement

शनिबार राति ८ बजे भीमदत्त नगरपालिका-८ तिलाचौरमा श्रीमानले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

Advertisement
Advertisement

श्रीमान ४९ वर्षीय नरेन्द्र विष्ट छन्। उनले आफ्नी ३० वर्षीया श्रीमती ज्योतिमाथि हँसियाले प्रहार गर्दा मृत्यु भएको हो।

Advertisement

घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गएराति नै नरेन्द्रलाई पक्राउ गरेको थियो।

उनीहरूबीच घरायसी विवाद भइरहने गएराति पनि विवाद हुँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

शव पोष्टमर्टमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।