Sunday, July 26

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

Advertisement

सोमबार  बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ।

Advertisement
Advertisement

दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।

Advertisement

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुनेछ।

आइतबार पनि बसेको शिक्षा समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो। बैठकमा सभापतिबाहेक १० जनामात्रै सांसद उपस्थित भएका थिए। २४ सदस्यीय समितिमा १३ जना उपस्थित भए मात्रै बैठक सञ्चालन गर्न मिल्छ।