Monday, July 27

बितिन् विश्वकै वृद्ध व्यक्ति

नेपालअखबार । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ।

Advertisement

११६ वर्षको उमेरमा शनिबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ  होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्। गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो।

Advertisement

त्यतिबेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्। सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए।

सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो।

अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।