Sunday, August 16

प्रधानमन्त्री ओलीको राजीनामा विपक्षी दलहरूले मागे

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलहरूले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

Advertisement

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा शुक्रबार बसेको विपक्षी दलहरूको बैठकपछिका निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

Advertisement
Advertisement

वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ। त्यसैले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए।

Advertisement

‘गठबन्धन गर्दा जे घोषणा गरेको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा भन्ने हो भने राजीनामा दिनु नै उचित हुन्छ।’

विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।