Friday, July 10

रुखबाट लडेर गोरखामा एकको मृत्यु

नेपालअखबार ,गोरखा । गोरखामा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

घरमा छायाँ पर्‍यो भन्दै हाँगा काट्न आफ्नै घरपछाडि रहेको बरको रुखमा चढेका लामिछाने खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

Advertisement
Advertisement

‘रुखले घरमा छाया पर्‍यो भनेर हाँगा काट्न रुख चढेका रहेछन्,’ प्रहरी निरीक्षक शर्माले भने, ‘त्यही क्रममा रुखबाट खसेर घटनास्थलमै उनको मृत्यु भयो ।’

Advertisement

लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको छ ।