विश्व

कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो

नेपाल अखबार, एजेन्सि । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ ।
कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो ।

स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन गर्न पठायो । त्यसपछि बाख्राहरुलाई क्वारेन्टिनमा राखिएको हो । यद्यपि विशेषज्ञहरुले पशुमा कोरोना संक्रमण नहुने बताउँदै आएका छन् ।
कर्नाटकका पशुचिकित्सा विभागका सचिव पी मणिवन्ननले बीबीसीसँग भनेका छन्, ‘गाउँलेमा डर नहोस् भनेर हामीले बाख्रालाई क्वारेन्टिनमा राखेका छौं । विशेषज्ञहरुले जनावरमा कोरोना भाइरसले असर गर्दैन भने पनि हामीले कुनै पनि कुरालाई हल्का रुपमा लिँदैनौं । नमूनाको रिपोर्ट नआइन्जेल बाख्राहरु क्वारेन्टिनमै रहन्छन् ।’
कतिपयले भने जनावरबाट मानिसमा कोरोना संक्रमण नफैलिने जानकारी हुँदाहुँदै सरकारी अधिकारीहरुले गाउँलेहरुलाई गलत तरिकाले खुसी पार्न खोजेको भन्दै आलोचना गरेका छन् । उनीहरुले बाख्राहरुको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गर्न भनेका छन् ।
कर्नाटकका पशुचिकित्सा विभागका सचिव पी मणिवन्ननले भने दक्षिण–पश्चिम भारतका बाँदरमा हुने कायसानुर फरेस्ट डिजिज (केएफडी)को उदाहरण दिँदै भनेका छन्, ‘यो बिमार बाँदरका साथसाथै मानिसमा पनि हुन्छ । त्यसैले सम्भावना चाहे ०.१ प्रतिशत होस्, हामी लापरवाही गर्दैनौं ।
the authoradmin

Leave a Reply