प्रशासन

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

नेपाल अखबार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि केही ट्याक्सी आफुखुशी चलेका थिए ।
दैनिक चारदेखि पाँच सयको संख्यामा सञ्चालनमा आएका ट्याक्सीलाई सडकमै दिनभर रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए ।
सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी जान दिइएको उनको भनाइ छ ।
बुधबार आफूहरुले पनि व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै ट्याक्सी  चालकहरु आन्दोलनमा उत्रिएका थिए । यद्यपि सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छैन । सरकारको निर्णयवेगर सञ्चालन भएका सार्वजनिक सवारी साधनलाई कारबाही गरिएको प्रहरीको भनाइ छ ।
सरकारले निजी सवारी साधन भने जोरविजोर प्रणालीमा सञ्चालन हुन दिएको छ ।

the authoradmin

Leave a Reply