समाचार

कोईराला जन्म जयन्तिको अवसरमा वृक्षारोपन

इरफान अलि, वीरगंज। गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु राेपिएकाे बताए  ।
फाउण्डेशनले आप, लिचि,कटहल,निम लगायतका प्रजातिहरुको विरुपा रोपन गरेको हो । जी.पी कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवसिय कार्यक्रमको आयोजना गरेको छ ।
फाउण्डेशन पर्साले आज दाश्रो दिन वीरगंजको पानीटंकी तथा ठाकुर रामबहुमुखि क्याम्पसमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ । भोली तेश्रो दिन नेपाली   पत्रकारमा उदयमान दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१००० सहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले जनाएका छन ।

फाउण्डेशन पर्साले आयोजना गरेको दाश्रो दिनको कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुदिनले गरेका थिए । हाजी तहुर अंसारी,प्राध्यापक डाक्टर हरेराम ठाकुर,नेपाली काग्रेस महासमिति सदस्य प्रकास उपाध्याय ृमर्दसा बरकतुल उलुमका अध्यक्ष रेयाज अंसारी,र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्य द्धय प्रिति सिह,जितेन्द्र सिंह,बाबु नन्द प्रसाद पटेल, जंग बहादुर पटेल,नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन,प्रेस युनियन पर्साका सचिव किशार सिंह,फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो ।
नेपाल अपागं संघका जिल्ला अध्यक्ष शम्भु पासवान, युवा नेता महेश पौडेल,सन्तोष मर्हजन,नबाब अलि,कार्यक्रमको उदघोषण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

the authoradmin

Leave a Reply