
नेपालअखबार,काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बोडेस्थित निलबाराही जंगलमा चैत १० गते एक जनाको शव फेला पर्यो।
खोटाङको केपिलाशगढी गाउँपालिका २ घर भई भक्तपुरको बोडेस्थित कमलपोखरी बस्दै आएका ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको थियो।
उनी प्लास्टिक, बोत्तल टिप्ने काम गर्थे। टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो। ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।

