
नेपालअखबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो जन्मदर्ता बनाई २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेका पोखरा महानगरपालिका २७ का तत्कालीन वडासचिव प्रभाव लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
उनले सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिई सो रकम उनको बैंक खातामा जम्मा गरेको भेटिएको अख्तियारको भनाइ छ ।
उनीविरुद्ध अख्तियारले २ लाख ५० हजार बिगो मागदाबी तीन महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरेको छ । यस्तै दोहोरो जन्मदर्ता बनाउने दिनेश लामिछानेलाई पनि सोही सजायको मागदाबी गरिएको छ ।

