Monday, May 11

एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे

नेपालअखबार,काठमाडौँ  ।राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका हुन् ।

उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

Advertisement