समाचारस्वास्थ्य

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।
बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।
यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

the authoradmin

Leave a Reply