Monday, May 11

काठमाडौंको सडकमा सेना कर्फ्यु लागेसँगै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।

Advertisement

नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

May be an image of 6 people