Sunday, July 19

परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज भेटवार्ता गरेका छन् ।

Advertisement

छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेकी  मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो ।

Advertisement
Advertisement

भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

Advertisement

मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याहरुको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्पहरु प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिइन् ।

भेटमा मन्त्री डा राणाले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा संकट, गरिबी, मानवको अवैध ओसारपसार, आतंकवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाले तिनको समाधानका क्षेत्रमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सुझाव दिएकी थिइन् ।