प्रदेश ४समाचार

गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन

Nepal Akhabar

नेपाल अखबार, गोरखा । शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ ।
शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहिद लखन गाउँपालिका वडा नम्वर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘पीपीई सेट लगाएर चार जना सेना शव व्यवस्थापनमा खटिनुहुन्छ,’ उनले भने, ‘एम्वुलेन्समा शव लाने तयारी भइरहेको छ ।’
पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीउ काेराेना संक्रमित पुरूषकाे शनिवार उपचारकाे क्रममा मृत्यु भएको हो । असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।
शुक्रवार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

the authoradmin

Leave a Reply