Thursday, June 25

सहायक सेनानी पदमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

नेपालअखबार,काठमाडौँ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदार ३४ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन ९शान्ति सेना० मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति सेनाले जनाएको छ ।

Advertisement