Saturday, August 22

एकीकृत समाजवादीले बैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) ले बैशाख ९ गते नेकपा ७६औँ स्थापना स्थापना दिवस मनाउने भएको छ।

Advertisement

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको मोर्चा संगठनको बैठकले यहि बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो।

Advertisement
Advertisement

पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव रामकुमार भट्टराईलगायत शीर्ष नेताहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो।

Advertisement

पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिवसमेत रहुनभएका भट्टराईले एक विज्ञप्ति जारी गरेर बैशाख ९ गते पार्टी स्थापना मनाउने जानकारी दिनुभएको छ।

भट्टराईद्धारा विज्ञप्तिमा भनिएको छ,’यही मिति २०८२ बैशाख ९ गतेका दिन नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा अर्पण बैङक्वेट, बानेश्वरमा विचार गोष्टि आयोजना गरिने हुँदा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटी र जनसंगठनका कमरेडहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ।’