
नेपालअखबार,काठमाडौँ ।आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।
नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले बताए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ ।

