Tuesday, April 21

सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न आग्रह

नेपाल अखबार, काठमाडौं । देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरुलाई आग्रह गरेकी छिन् ।
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।
अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने बताइन् ।
चलायमन क्षेत्रमा रकम लगानी गर्न सके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने उल्लेख गर्दै उनले संकटको विषयम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउन आग्रह गरिन् ।
विदेशबाट फर्किएका लाखौ नागरिक मध्ये धेरै फर्किने अवस्थामा नहरेकाले रोजगारीका क्षेत्रमा ध्यान दिन पनि उनले आग्रह गरिन् । देशको अर्थतन्त्र मजबुद नबन्दासस्म्म समृद्धि र विकासको चाहाना पुरा नहुने उनको भनाई छ । अर्थतन्त्रलाई मजबुद बनाउने माध्यम सहकारी नै भएको उनले बताइन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *