Friday, August 21

सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

नेपालअखबार,काठमाडौँ ।  आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोला तीन हजार रूपैयाँले बढेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार आठ सय रूपैयाँ तोकिएको छ।

Advertisement
Advertisement

बिहीबार सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो।

Advertisement

आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रति तोला एक हजार ९४५ रूपैयाँ पुगेको हो। बिहीबार चाँदी प्रति तोला ३५ रूपैयाँले घटेर एक हजार नौ सय २५ रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेर प्रतिऔंस ३२१९.१४ डलर कायम भएको छ।