Friday, July 3

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, झापा । दमक नगरपालिका –७ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए।

Advertisement
Advertisement

उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

Advertisement

दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।