Monday, May 11

अध्यक्ष नेपालद्धारा बकर इदको शुभकामना

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालल मुस्लिम समुदायको महान पर्व बकर इदको शुभकामना दिनुभएको छ।

शनिबार एक विज्ञप्ति जारीगर्दै अध्यक्ष नेपालल बकर इदको अवसरमा इस्लाम धर्मावलम्वी सहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिको लागि  शुभकामना व्यक्त गुर्नभएको हो।

Advertisement

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो। धार्मिक सहिष्णुताको दृष्टिले नेपाली समाज उदाहरणीय छ।सबै समुदायका नागरिक आपसी प्रेम र सद्भावका साथबाटै आएका छन् ।विभिन्न समुदायका चाडपर्व र धर्म संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको छ। भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रुपमा मनाइने इद(उल(अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने मैले विश्वास लिएको छु। आज नेपाल लगायत विश्व मुस्लिम समुदायले साउदी अरबको मक्कामा हज कार्य सम्पन्न गर्ने दिन पनि भएकोले सम्पुर्ण इस्लाम धर्मावलम्वीलाई हजको शुभकामनासहित यस पर्वले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’