
सुन्सरी । युवा एवम जोशिला जनप्रतिनिधि भएकै कारण दोस्रो पटक पनि जनमत पाएर सुनसरीको कोशी गाउपालिका अध्यक्ष निर्वाचित अयुब अन्सारी अहिले समाजोक सन्जाल र पुर्वि नेपालको सन्चार माध्यममा चर्चाका पात्र बनेका छन । नेपाल भारत सिमा क्षेत्र संग जोडिएको सो गाउपालिका को अधिकान्स भु भाग भार्तिय क्षेत्र संग जोडिएको भु भाग हो ।
कोशि प्रदेश सरकारले सो गाउपालिका अन्तर्गतको कटान क्षेत्रमा कोशी रिफ्रेश्मेनट सेनटरको स्थापना गर्दै त्याहा ठुलो लगानि गरेकोछ । सो क्षेत्रको सुरक्षा र राजमार्ग एरियामा निगरानी बढाउन त्याहा अन्सारीकै पहलमा नेपाल प्रहरीको सुरक्षा दस्ता र ट्राफिक प्रहरी ब्यवस्थापन गरिएकोहो । पुर्व पश्चिम् लोक मार्गको क्षेत्रमा पर्ने कोशी कटान एरिया बितेको केहि महिना यता त्याहा कार्यरत प्रहरी टोलि र ट्राफिक प्रहरी बाट सर्वसाधारण विभिन्न बहानामा आर्थिक लूटमा पर्न थाले पछी स्थानीय जनप्रतिनिधिको प्रतिवाद त्याहा हुनपुग्यो । त्यहाँ कार्यरत ट्राफिक प्रहरी र नेपाल प्रहरीको गैरकानुनी रवय्या बारे स्थानिय सर्वसाधारणको गुनासो सुन्दै आएका सो पालिकाका अध्यक्ष अयुब अन्सारीले त्याहा कार्यरत प्रहरी र ट्राफिक प्रहरी बारे आएका गुनासो सम्बोधन गर्न उनिहरुका माथिल्ला निकायलाइ बारम्बार जानकारि गराएपनि सो क्षेत्रमा सुधारको सटटा झन आर्थिक दमन स्थानियले भोग्न थाल्दा आजित बनेका स्थानीय सरकार प्रमुख अयुब अन्सारी शुक्रबार स्थानीयको अनुरोधमा कटान क्षेत्र पुग्दा आक्रोशित स्थानियको भिड थेगि नसक्ने देखिपछी जन्ताको पक्षमा आक्रोसित बन्न पुगेका थिए । सयो स्थानीय त्याहा कार्यरत ट्राफिक प्रहरीको बिरोधमा उभिदै गर्दा उपस्थित स्थानीयको चित्त बुझाउन अन्सारीले त्राफिक,प्रहरी प्रति शाब्दिक आक्रमण गर्दै त्याहा रहेको नागरिकको आक्रोशलाइ नियन्त्रण गर्न खोजेका थिए ।
सोहिक्रममा उनको आक्रोशित प्रस्थितिले ट्राफिक प्रहरी विरुद्ध केहि अप्सब्द उच्चारित हुन पुग्यो जुन अहिले चर्चा को केन्द्रमा पुगेकोछ । त्याहा कार्यरत ट्राफिक प्रहरीको गतिविधि अमानविय र गैरकानुनी रहेको भन्दै स्थानीय सर्वसाधारणले पटक पटक नियन्त्रणका लागि अनुरोध गरेपनि सुधारको सटटा झन आतंक बढदा कटान क्षेत्र देश भरि बद्नाम बन्दै गएकोछ । घरायसी काम मा ब्यस्त सो गाउँपालिकाका अध्यक्ष अन्सारीको निवासमा उक्त दिन दर्जनबढी सवरि चालक र स्थानीय ट्राफिक प्रहरीको ज्याद्ति बिरुध,गुनासो लिएर पुगेपछी उनि समुह संगै घटना स्थल पुगेका थिए । स्थानियको आक्रोस बाट हुने भावि क्षतिको अनुमान गर्दै अन्सारीले भिड लाइ शान्त बनाउन ट्राफिक प्रहरी विरुद्ध केहि अप्शब्द समेत बोल्न पुगे जुन कि साधारण थिएन तर उनको त्यो प्रस्तुतिले ट्राफिक प्रहरी विरुद्ध उत्तेजित भिडलाइ भने साम्य बनाउन सहज तुल्यायो ।
अहिले उनले आवेस र स्थानीयको आक्रोस साम्य पार्न दिएको अभिव्यक्ति उनकालागि टाउको दुखाइ बनेकोछ । कोशी गाउँपालिकाको अध्यक्ष भए पनि सुन्सरी र आसपासको जिल्लामा युवा नेतृत्वको ल्याकत राख्ने नेता अन्सारीले विभिन्न समयमा नागरिक स्तर बाट भएका विभिन्न आन्दोलन र सडक अवरोध खुलाउन र आन्दोलन स्थगित गराउन महत्त्वपुर्ण भुमिका निर्वाह गर्दै आएका जन प्रतिनिधि हुन सुन्सरीमा भएका कय्यो आन्दोलनलाइ सहज र ब्यवस्थापन गरिदिन प्रहरीले उनलाइ अनुरोध गर्दा प्रहरीको सहजकर्ता समेतको भुमिका निर्वाह गरिसकेका अन्सारी अहिले कसरि प्रहरी बिरोधि हुन सक्छन् ?
यो प्रश्न सर्वत्र चर्चामा छ । धेरै चक्काजाम , बजार बन्द लगायत सुन्सरीको सुरक्षा निकायका लागि तनाव बनेका दर्जन बढी घटनाको सह्जिकरण गरि प्रहरी प्रशासनलाइ सहयोग गर्दै आएका अन्सारी विरुद्ध अहिले समाजिक सन्जाल तातेकोछ । यहि मोकामा उनका बिरोधि र फरक दलका नेताहरु समेत उनका विरुद्ध लागेकाछन । दलसंगै केहि अतिवादी समुह समेत घटनालाइ फरक मुद्दा बनाइ जातिय राज्निति समेत गर्न चुकेका छैनन् । गएको शुक्रवार भएको सो घटनाको सुनसरी प्रहरीले अनुसन्धान थालेको जनाएकोछ । अन्सारी आफ्नो निर्वाचन क्षेत्रमा सफल नेताका रुपमा स्थापित युवा नेता हुन ।
स्थानीय गाउँपालिका बासिको गुनासोलाइ सम्बोधन गरिरह्दा अन्सारीबाट हुनपुगेको अप्शब्द बारे उनले आत्मलोचना सहितको बिग्यप्ति समेत आज प्रकाशन गरदै सबैलाइ यथार्थ बुझ्न आग्रह गरेका छन ।


