Monday, August 3

५० लाख धरौटी बुझाएर छुटे बागमती नगरपालिकाका निलम्बित मेयर

नेपालअखबार, सर्लाही।  सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माण गर्दा वन मुद्दा लागेका मेयर भरतबहादुर थापा ५० लाख धरौटी बुझाएर रिहा भएका छन्।

Advertisement

वन ऐन अनुसार जिल्ला अदालत सर्लाहीमा उनीविरूद्ध मुद्दा दायर भएको थियो।

Advertisement
Advertisement

उक्त मुद्दाका लागि मेयर थापा आइतबार अदालतमा उपस्थित भएका हुन्।

Advertisement

थुनछेक भएर उनलाई ५० लाख धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए।

उनका अनुसार थापाले उक्त धरौटी बुझाएर छुटिसकेका छन्। अनुमति नलिइकन नै वनमा अवैध ढुंगा गिट्टी निकालेर क्षति पुर्‍याएको आरोपमा उनीविरूद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।

थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतमा विभिन्न मुद्दा दायर गरेको थियो।

भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी निलम्बित छन्।