Saturday, July 25

पर्सामा जी.पी फाउण्डेशनले युवा सम्मेलन सम्पन्न

इलानअलि,  वीरगंज । नेपाली राजनितिका शिखर पुरुष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको नाममा सञ्चालित जी.पी फाउण्डेशन पर्साले  एक र्कायक्रमका बिच पर्साका सक्रिय युवाहरुलाई फाउण्डेशनमा सामेल गरेको छ ।
देशका युवा र्कणधार हुन स्व गिरिजा प्रसाद कोईरालाले देखेका सपना युवाहरुको काधमा रहेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले युवाहरुलाई प्रेरित गर्दै मन्तब्य राखेका थिए ।
कोईरालाले देखाएको सहमति, सहकार्य र एकताको खाचो अहिले पनि उतिकै सान्दर्भिक रहेको उहाले बताए । वीरगंजका १२५ जना युवाहरुलाई साथमा लिएर जी.पी फाउण्डेशनले स्व गिरिजा प्रसाद कोईरालाको सपना अब १२५ जनाको कान्धमा बाटेको नेपाली काग्रेसका वडा नं ३ का बुथ सभापति शेख नेजामुदिनले जिकिर गरेका थिए ।
युवा दस्ताले बब गिरिजा प्रसादको सपना घर घरमा लग्ने तथा समाजिक र्कायमा सामेल भई स्व गिरिजा प्रसाद कोईराला सपना पुरा गर्न युवाहरुले प्रतिबद्धता समेत जनाएका छन ।

र्कायक्रममा फाउण्डेशनका सचिव धिरज गुप्ता, सदस्य महबुब अलि,नेपाली काग्रेसका नेता शेख नेजामुदिन, फाउण्डेशन ईकाई समिति छपकैयाका अध्यक्ष सदिप केवट सञ्चारकर्मी प्रणय साह लगायतका व्ष्तिmहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *