Saturday, July 25

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ ।

Advertisement

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्  सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’

Advertisement
Advertisement

उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।

Advertisement