Tuesday, April 21

सरकारले स्वास्थ्य बिमाको ४० अर्ब बक्यौता तत्काल तिर्छ : मन्त्री पौडेल

नेपालअखबार,काठमाडौँ । सरकारले स्वास्थ्य बिमाको पुरानो बक्यौताका रूपमा रहेको ४० अर्ब  रुपैयाँ तत्काल तिर्ने भएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको ४० अर्ब बक्यौता तत्काल फछ्र्यौट गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अहिले बिमाको वार्षिक खर्च २४ अर्ब हुने मन्त्री पौडेलको भनाइ छ ।  यदि सरकारले आवश्यक रकम पुरा गर्न नसक्ने हो भने आम्दानीको वैकल्पिक बाटो खोज्नुपर्ने मन्त्री पौडेलले आग्रह गरे । सबैलाई बिमामा जोड्न आवश्यक रहेको समेत उनले बताए ।सरकारी संगठि क्षेत्रबाट बिमालाई एक वर्षमा ४० अर्ब आम्दानी हुने मन्त्री पौडेलले बताए ।

Advertisement

यस्तै गैरसरकारी क्षेत्रको संगठित दायरालाई बिमासँग जोड्दा एक वर्षमा १ अर्ब भन्दा धेरै आम्दानी गर्न सकिने मन्त्री पौडेलको जिकिर छ ।

सरकारले स्वास्थ्य बिमालाई धान्न नसक्ने भए संगठित क्षेत्रलाई बिमासँग जोडेर  नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्ने वैकल्पिक बाटो रहेको समेत मन्त्री पौडेलले बताए ।