Monday, April 20

नेपालको बयान : पतञ्जलिको निर्णय नीतिगत, अख्तियारको क्षेत्राधिकारमा पर्दैन

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका छन् ।

विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

Advertisement

साथै, उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने जिकिर पनि नेपालले बयानका क्रममा गरेका छन् ।

थुनछेक बहसका क्रममा सरकारी वकिल कार्यालय प्रमुख मोहन सागर बस्यालले नेपालले बयानका क्रममा उक्त विषय भनेको जानकारी गराए ।

तर, नेपालको उक्त दाबी यथार्थ नभएको बस्यालले बहसका क्रममा जिकिर गरेका छन् ।

बयान सकिएलगत्तै अहिले थुनछेक बहस जारी छ ।

थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका थिए ।

उनलाई इजलासले केही प्रश्न पनि गरेको थियो । अहिले बस्याल बहस गरिरहेका छन् ।