
नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

