Thursday, August 13

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

नेपालअखबार,काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन्।

Advertisement

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्केकी थिइन्।

Advertisement
Advertisement

उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

Advertisement

उनीनिकट स्रोतका अनुसार गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधा फिर्ता लिने तयारीमा भण्डारी छिन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्।