Monday, July 20

पानीको लाइनमा बसिरहेकामाथि इजरायलको हवाई आक्रमण, छ बालबालिकाको मृत्यु

नेपालअखबार,गाजा । इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको मृत्यु भएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

Advertisement

यस कारबाहीमा एक ‘आतङ्कवादी’ लाई निशाना बनाएको तर गोला बारुद धेरै मिटर टाढा खसेको इजरायली सेनाले भनेको छ । इजरायली सेनाले यसलाई ‘प्राविधिक गल्ती’ बताउँदै सर्वसाधारणलाई भएको कुनै पनि क्षतिप्रति क्षमाप्रार्थी रहेको बताएको छ।

Advertisement
Advertisement

गाजाका आपत्कालीन सेवा अधिकारीहरूका अनुसार आइतबार मध्य गाजामा पानी सङ्कलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको थियो । मृतकहरूको शव नुसेरतको अल-अवदा अस्पताल पठाइएको थियो, जसलाई अस्पतालका एक डाक्टरले पुष्टि गरेका थिए।

Advertisement

डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार गरिएको छ, जसमा सात बालबालिका पनि छन्। प्रत्यक्षदर्शीहरूले अल-नुसेरत शरणार्थी शिविरमा पानीको ट्याङ्कर नजिकै मानिसहरू पानी भर्न लाइनमा उभिरहेका बेलामा भीडमा हवाई आक्रमण भएको बताएका छन् ।