Friday, July 3

मधेस मरुभूमिमा परिणत हुन्छ,राज्यको नीति परिवर्तन नभए : सांसद मोहम्मद खालिद

नेपालअखबार,काठमाडौँ । जसपा नेपालका राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।मङ्गलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद खालिदले अहिलेकै राज्यको नीति रहिरहने हो भने आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका हुन् । 

Advertisement

उनले चुरेदोहन, जथाभावी गिट्टी उत्खनन्, वन विनाश, सिँचाइ र पानी रिचार्जिङको कुनै व्यवस्था नहुनु तथा वातावरण अनुकूल पार्ने प्रयास नगर्नुले मधेस सुक्खा हुँदै गएको बताए । 

Advertisement
Advertisement

‘यदि राज्यको नीति यही रहिरहने हो भने मधेस मरुभूमिमा परिणत हुन्छ’, उनले भने, ‘अन्न भण्डार भनिने मधेस प्रदेश मात्रै होइन पुरै तराई क्षेत्र मरुभूमिमा परिणत हुनेछ ।’ उनले आज मधेसको तापक्रम बस्न नसक्ने भएको, विद्युत् अवरुद्ध भएको,किसानको भविष्य अन्धकार भएको भन्दै यी समस्याका कारण चिन्ताजनक रहेको बताए । 

Advertisement

उनले समस्या समाधानका लागि सरकारलाई दीर्घकालीन योजना ल्याउन आग्रह गरे ।