Friday, July 3

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

Advertisement

गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। 

Advertisement
Advertisement

सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।

Advertisement

उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए।

‘सुन बरामद भएको छ। उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन्। थप अनुसन्धानको क्रममा खुल्ला,’ उनले भने।

प्रहरीले उनीहरूबाट २४ लाख नगद पनि बरामद गरेको छ। 

पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन्। पुरूष थान डेढ महिना अघि काठमाडौं आएका थिए। उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ

सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो। सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ।

थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।