प्रशासनसमाचार

पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई आज प्रहरी नियन्त्रणमा

Nepal Akhabar

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरको विभिन्न क्षेत्रमा मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने २१ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
कोभिड १९ संक्रमण जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने जस्ता  नेपाल सरकारको निर्देशनलाई अटेर  गर्दै  सम्झाइ बुझाई गर्दा समेत नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता हमालले बताए ।
प्रवक्ता  हमालका अनुसार पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाई जनही रु १०० का दरले जरिवाना गरी छाडिएको हो ।
मोटरसाइकलमा सवार गर्दा, सार्वजनिक स्थानमा हिड्डुल गर्दा र ग्रुपमा भेला हुँदा मास्कको प्रयोग नगर्ने र अटेर गर्नेलाई आज पक्राउ गरीएको र भोलिबाट मास्क नलगाई हिड्ने सबैलाई कारवाही गरीने जानकारी दिए।
कास्की प्रहरीले  न्युनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न अनुरोध गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गरेको छ ।
नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने भन्दै  प्रहरीले चेतावनी समेत दिएको छन् ।

the authoradmin

Leave a Reply