Tuesday, August 18

हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम

नेपालअखबार,पोखरा।  पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा  आयोजना गरिएको थियो।

Advertisement

नयाँ विद्यार्थीहरूलाई आत्मीयता, मार्गदर्शन र प्रेरणाको वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत विद्यालय जीवनको प्रारम्भिक अनुभव रमाइलो र सार्थक बनाउन विविध प्रस्तुति र जानकारीमूलक सत्रहरू समावेश गरिएको थियो।

Advertisement
Advertisement

स्वागत समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुली बहादुर गुरुङ, प्राचार्य डा. दिवाकर जैशी र सहायक प्राचार्य गंगाराम पौडेलका साथै शिक्षक–शिक्षिका, तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विजुली बहादुर गुरुङले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय परिवारको महत्वपूर्ण भूमिका रहेको बताए। उनले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र निरन्तर अभ्यासमार्फत सफलतातर्फ अघि बढ्न प्रेरणा दिए।

विद्यालयका प्राचार्य दिवाकर जैशीले विद्यालयको स्थापना, विकासको यात्रा र शैक्षिक नीति बारे प्रकाश पार्दै विद्यार्थीलाई अध्ययनका साथै अनुशासन र व्यवहारमा पनि उत्कृष्ट बन्न प्रेरणा दिनुभयो। उहाँले विद्यार्थीको सम्पूर्ण विकासमा विद्यालयले भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।

सहायक प्राचार्य गंगाराम पौडेलले विद्यालयको संरचना, नियम, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूबारे नयाँ विद्यार्थीलाई जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा कक्षा १२  की छात्रा भोजमाया गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने नवआगन्तुक विद्यार्थीको तर्फबाट  कक्षा ११ की छात्रा रिश्ता  गुरुङले धन्यवाद मन्तव्य दिँदै विद्यालयको वातावरणप्रति कृतज्ञता प्रकट गरेकी थिइन्।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।