Tuesday, July 28

चितवनबाट झन्डै ७ क्वीन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार,काठमाडौं । प्रहरीको चितवनको राप्तिबाट झन्डै ७ क्वीन्टलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार बिहान ४ बजे भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलाख्तर भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको यूपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाएर राखेको ४३ वटा गाँजाका पोका फेला पारेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिक सबिलाख्तरमाथि थप अनुसन्धान भइरहेको छ ।