Saturday, April 18

पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता

नेपालअखबार,बेइजिङ । चीनको राजधानी बेइजिङ र आसपासका प्रान्तहरूमा सोमबार भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा चीनको हेबेई प्रान्तमा चार जनाको मृत्यु भएको छ भने अरू आठ जना अझै बेपत्ता छन् ।

घटना चेङ्दे सहरको लुआनपिङ काउन्टीको एउटा गाउँमा भएको हो, यहाँ राहत र उद्धार कार्य तीव्र गतिमा जारी छ । नदीमा पानीको सतह बढ्दै जाँदा अवस्था गम्भीर हुने र अरू विपद् आउन सक्ने भन्दै सतर्कता जारी गरेर मानिसहरूलाई सुरक्षित स्थानमा सर्न अधिकारीहरूले निर्देशन दिएका छन् ।

Advertisement

बेइजिङको मियुन उपशहरी क्षेत्रमा बाढी र पहिरोका कारण अधिकारीहरूले ४ हजार ४०० भन्दा धेरै स्थानीयलाई सुरक्षित स्थलतिर सारेको भन्दै सरकारी टिभी च्यानलले समाचारमा भनेको छ । सडकमा कार र ट्रक पानीमा चुर्लुम्म डुबेका भिडियोहरू अनलाइनमा आइरहेका छन् । हालैका वर्षमा उत्तरी चीनमा कीर्तिमानी स्तरमा वर्षा भइरहेका छन् ।