Tuesday, April 21

तनहुँ हाइड्रोपावरले जोड्यो बाढीको पूर्वसूचना दिने स्वचालित प्रविधि

नेपालअखबार,तनहुँ । २०८१ असार २२ गते अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी आयो । तनहुँ जिल्लाको दमौली नजिक निर्माणाधीन १४० मेगावाट क्षमताको जलासययुक्त तनहुँ हाइड्रोपावर आयोजनाको मुख्य बाँधस्थलमा धमाधम काम भइरहेको थियो । तर भौगोलिक कठिनाइको कारण मुख्य बाँध निर्माणका लागि प्रयोग गरिएको अस्थायी बाँधमा बाढीको सतह कति छ भनेर हेर्न सक्ने अवस्था थिएन । जसले गर्दा निर्माण क्षेत्रमा रहेका कामदारहरु बाढीको अवस्थाबारे अन्योलग्रस्त देखिन्थे।

तर यो वर्ष भने तनहुँ हाइड्रोपावर निर्माण क्षेत्रको अवस्था बदलिएको छ । आयोजनाले मनसुन सुरु हुनुअघि नै बाढी पूर्वसूचना प्रणाली जडान गरिसकेको छ।

Advertisement

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक छबिलाल गैरेका अनुसार अस्थायी बाँधको माथिल्लो क्षेत्रमा बाढी नाप्ने उपकरण जडान गरिएको छ, जसबाट प्राप्त डेटा करिब ४ किलोमिटर तल रहेको साइट अफिसमा वास्तविक समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

बाढी मापनसेन्सर, वायरलेस डिभाइस र साइरन राखेको क्षेत्र गुगल नक्सामा

यस स्वचालित प्रविधिबाट प्रत्येक सेकेन्डको बाढीको अवस्था थाहा पाउन सकिन्छ । नेपालमा यस्तो प्रविधिको सफल प्रयोग पहिलोपटक भएको हो । गैरेका अनुसार, बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी पाइने भएकाले यसबाट निर्माणाधीन साइटमा हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सकिनेछ ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार अस्थायी बाँध रहेको क्षेत्र भौगोलिक रूपमा कठिन भूभागमा पर्छ, विशेषत: रातिको समयमा त्यहाँ पुगेर बाढीको जानकारी लिन असम्भवजस्तै हुन्छ । यस्तो अवस्थामा साइट अफिसमै बसेर जुनसुकै समयमा बाढीको अवस्था बुझ्न सकिनु जोखिम न्यूनीकरणको प्रभावकारी उपाय भएको उनले बताए ।

बाढी पूर्वसूचना प्रणालीमा प्रयोग भएको वायरलेस डिभाइस

भारी वर्षा र प्रतिकूल मौसममा मोबाइल सञ्जाल भरपर्दो नहुने भएकाले वायरलेस प्रविधि प्रयोग गरिएको छ ।

यस प्रविधिको डिजाइन तथा कार्यान्वयन इनोभेटिभ इन्जिनियरिङ्ग सर्भिसेज प्रा.लि.ले गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा प्राविधिक प्रमुख अनुप खनालका अनुसार प्रणालीले वास्तविक बाढीको अवस्था जानकारी गराउने अलावा, जलस्तरको निश्चित सीमा पार गरेपछि स्वचालित रूपमा साइरन बजाउने र सरोकारवालालाई एसएमएस पठाएर अलर्ट बनाउने काम गर्दछ ।

खनालका अनुसार यस्तो स्वचालित प्रविधि निर्माणाधीन र सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजनाका लागि समेत अत्यन्त उपयोगी बन्न सक्छ । साथै यसको सफल प्रयोगले नेपालमा भइरहेको विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास छ।

बा