Saturday, July 25

इजरायली आक्रमणमा अल जजीराका चार पत्रकार मारिए

नेपालअखबार,काठमाडौँ । इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका चार पत्रकार मारिएका छन् ।

Advertisement

अल जजीराले गाजाको अल–शिफा अस्पताल नजिक भएको आक्रमणमा परी उनीहरु मारिएको जनाएको छ ।

Advertisement
Advertisement

अल जजीराका अनुसार इजरायली आक्रमणका समयमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल अस्पतालको मुख्य द्वारमा पत्रकारहरुका लागि बनेको एक त्रिपालमा रहेका थिए ।

Advertisement

करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ)को निन्दा गर्दै गाजामा अलि–शरीफसहित उक्त टिमका पत्रकारविरुद्ध अभियान चलाइएको बताएका थियो ।

आक्रमणको केही समयपछि आईडीएफले अनस अल–शरीफमाथि आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले भने टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रुपमा काम गरिरहेका थिए ।’ आईडीएफले आक्रमणमा मारिएका अन्य पत्रकारहरुबारे उल्लेख गरेको छैन ।अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग कुरा गर्दै भने, ‘अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र आवाज थिए ।’