Sunday, April 19

नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ : माननीय हसिना खान

नेपालअखबार,काठमाडौँ ।  नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ ।  माननीय हसिना खान भन्नु हुन्छ“ मुस्लिम समुदायको मुख्य समस्या नै आर्थिक कमजोरी साथै शिक्षामा पहुँच नहुनु रहेको बताउनु भएको छ” ।
नेपालगंजमा बासोबास गर्ने मुस्लिम समुदाय बिशेष गरी न्युन आय भएको मुस्लिम परिवारको उल्लेखनिय रहेको छ । परिवारिक सख्या ठुलाे हुनु र आय आर्जन गर्ने ब्यक्ति एकजना मात्र
हुँदा परिवार चलाउन मुस्किल रहेको बताउनु भयो ।
आर्थिक कमजाेरीका कारण नै बालबालिकाको पढाईमा अवरोध हुदै आएको छ । यस तर्फ सरकारले विषेश ध्यान दिनु पर्छ । महिलाहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बजाउदै  आय आर्जन हुने बाटोमा जोड्ने योजना ल्याउन आवश्यक रहेको बताउनु हुन्छ ।

नेपालगंज र छिमेकी पालिकाहरुमा रहेका मदरसाहरुमा छात्राहरुको शतप्रतिशत भर्ना गराउनका निम्ति समुदायमा रहेका महिलाहरुलाई शिक्षको महत्व सम्झाई समुदायमा रहेका बालिकाहरुलाई
विद्यालय वा मदरसाहरुमा भर्ना गर्न प्ररित गर्दै आएको बताउनु हुन्छ ।
शिक्षित बालिकाहरु भविष्यको शिक्षित समाज निर्माण मेरुदंड हुन । शिक्षित महिलाले असल परिवार, असल समाज र योग्य नागरिक निर्माण गर्ने भएकाले सबै बालबालिकालाई शिक्षामा जोड्नु पर्ने माननीय खानले बताउनु भएको छ । मुस्लिम समुदायका बालबालबालिकाहरुलार्य शिक्षामा पहुँच पुराउनका लागि सरकारले आरक्षणको व्यवस्था गर्नु पर्ने छ । मुस्लिम समुदायको समस्या समाधा लागि शिक्षा क्षेत्राको निति निर्धारण गर्ने ठाउँमा मुस्लिम महिलाहरुको प्रतिनिधित्व गराउन सरकारलाई आग्रह गर्दछु ।

Advertisement