
नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अबुल हुसेन अन्सारीले नेपाल तरुण दल केन्द्रीय समितिलाई एक थान ल्यापटप र एक सेट मोबाइल फोन हस्तान्तरण गरेका छन । अन्सारीले तरुण दल अध्यक्ष गुरुङलाई एक थान ल्यापटप र मुख्य सचिव थानप्रसाद पोखरेलाई मोवाइल सेट हस्तान्तरण गरेका हुन ।
तरुण दलको पाँचौ महाधिवेशनको तयारीमा जुटेको नेपाल तरुण दललाई दैनिक कार्यसम्पादनमा सहजताका लागि अन्सारीले ल्यापटप र मोवाइल सेट उपलब्ध गराएका हुन ।

