Wednesday, May 6

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको निम्तो

नेपालअखबार,काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् ।सोही भ्रमणको औपचारिक निमन्त्रणका लागि मिश्री आज काठमाडौं आएका हुन् ।