
नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अबुल हुसेन अन्सारीले नेपाल महिला संघ केन्द्रीय समितिलाई एक थान ल्यापटप र एक सेट मोबाइल फोन नेपाल महिला संघलाई सहयोग प्रदान गर्नु भएकाे छ ।
महिला संघको चौथो महाधिवेशन तयारीलाई लक्षित गर्दै नेता अन्सारीले उक्त सहयोग सामग्री महिला संघकी अध्यक्ष उषा राउतलाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भयाे ।
यस सहयोगका लागि महिला संघले अन्सारीप्रति हार्दिक आभार प्रकट गरेको छ।

