Monday, September 28

प्रचण्ड रविलाई भेट्न नख्खु कारागार पुगे

नेपालअखबार, काठमाडौँ  ।पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् । भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका रविलाई भेट्न भर्खर पुगेका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

Advertisement

राजनीतिक सदाशयता देखाएर रविलाई भेट्न प्रचण्ड कारागार गएकोमा रास्वपाले आभार प्रकट गरेको उनले बताए ।  झाका अनुसार पार्टीको तर्फबाट आभार व्यक्त गर्न कार्यवाहक सभापति डोलप्रसाद अर्याल लगायत नेताहरू पनि नख्खु कारागार पुगेका छन् ।

Advertisement
Advertisement

Advertisement