Friday, August 14

रोपाइँ प्रभावित भएपछि सिरहाको गोलबजारमा खनियो ६ वटा डिप बोरिङ

नेपालअखबार,काठमाडौँ ।  खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका वडा नम्बर २ निपनियामा डिप बोरिङ गरिएको छ।

Advertisement

७० लाखको लागतमा डिप बोरिङ गरिएको हो। साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ।

Advertisement
Advertisement

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ।

Advertisement

बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका छन्।

त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म ६ वटा डिप बोरिङ खनिएको बताए।