Tuesday, May 5

तीन संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । बुधबार संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन्। राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन्।

Advertisement

यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामति सेवा विधेयक २०८० माथि दफावार छलफल हुने कार्यक्रम छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।