
नेपालअखबार,काठमाडौँ । नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले एमाले विधान संशोधन प्रस्तावमाथि सात बुँदे सुझाव दिएको छ । चौतारीका अध्यक्ष गणेश पाण्डेले बिहीबार एमाले महासचिव शंकर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् । प्रस्तावित विधानको ७० वर्षे उमेर हद हटाउने विषयलाई चौतारीले स्वागत गर्दै राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू सक्रिय राजनीतिमा फर्कने विषय उपयुक्त नहुने कुरा संविधान र पार्टीको विधानमै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ ।
त्यस्तै चौतारीले पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

