Thursday, May 7

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौँ । भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । यसअघि उक्त विधेयक संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भएर फर्किएको थियो ।

यो विधेयकले खासगरी देशभरका ११ लाख भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न तथा घरजग्गा कारोबार गर्ने व्यवसयीलाई दलबन्दीभन्दा धेरै जग्गाको किनबेचका लागि खुला गर्ने विषयमा केन्द्रित रहेको छ ।

Advertisement

प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरी फिर्ता गरेपछि गरेपछि प्रतिनिधिसभाले प्रमाणीकरणका राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ ।